October 10, 2024
फाल्गुन २०, २०७९

इन्द्रसरोवर \ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाको शनिबार आ.व २०७९/८० को अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

संस्थाका अध्यक्ष धनराज महर्जनको सभाध्यक्षतामा अन्तरक्रिया कार्यक्रममा संस्थाका सल्लाहकार जीवन लामा, लेखा समिति संयोजक मधुकर कार्की, सदस्यहरु शान्तलाल लामा, भरत वाईवा लगायत कार्यसमितिहरुको उपस्थिती रहेको थियो ।

सहकारीमा एक हजार ४७९ शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुजीँ १ करोड ४४ लाख ८९ हजार रहेको छ भने बचत निक्षेप ९ करोड ४७ लाख ९६ हजार १७३ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए ।

सहकारीले आफ्ना शेयर सदस्यलाई १० करोड २६ लाख ७३ हजार ४८२ लगानी गरेको छ भने संस्थागत पुजीँ १ करोड १३ लाख ६४ हजार ९३६ रुपैया रहेको छ । सहकारीले १३ करोड ४४ लाख १२ हजार ११० रुपैयाँको कुल कारोबार गरेको व्यवस्थापक थापामगरले बताए ।