April 20, 2024
फाल्गुन २०, २०७९

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटार स्थित जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभाबाट हिरामणि दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

शनिबार भएको सभाले दाहालको नेतृत्वमा चार वर्षका लागि समिति गठन गरिएको हो । संस्थाको उपाध्यक्षमा बालकुमारी दुलाल, सदस्यहरुमा रामचन्द्र लम्साल, मनमाया घिमिरे, अम्बिका तिमल्सिना, लक्ष्मण दहाल, अशोक स्याङ्तान, नानीमैयाँ अधिकारी, विन्दा गौतम लामिछाने चयन गरिएको छ ।

संस्थाको लेखा समितिको संयोजकमा मोतिराम छत्कुली चयन भएका छन् भने सदस्यहरुमा ज्ञानेन्द्र प्रसाद दुलाल र शान्ता दाहाल चयन भएका छन् ।