March 21, 2023
खबर सहकारी

हेटौंडा \  हेटौंडा-६ मा रहेको चाैघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आयाेजनामा एक दिने सहकारी शिक्षा कार्यक्रम भएको छ । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष श्यामप्रसाद श्रेष्ठले नेपालमा सहकारीकाे बिकास तथा सहकारीकाे महत्त्व बारे अवगत गराएका थिए । जिल्ला  बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरका पूर्व अध्यक्ष  राधा स्याङ्गतानले सहकारीमा बचतकाे महत्व, ऐन लगायतका बारेमा सहजिकरण गरेकी थिईन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठ, उपाध्यक्ष त्रिबिक्रम मानन्धर , सचिव अर्जुन प्रसाद हुमागाईं, सह सचिव ईश्वर कुमार बानियाँ, काेषाध्यक्ष सुभद्रा काेईराला, सञ्चालक समिति सदस्य बद्री बहादुर राई, सञ्चालक समिति सदस्य पुष्पा जाेशी , शिक्षा उपसमिति सदस्य दिपक थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

सहकारी शिक्षा उपसमिति संयाेजक रामचन्द्र अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी र ३५ जना प्रशिक्षार्थीकाे सहभागिता रहेको थियो ।

२ हजार ६ सय ७५ जना शेयर सदस्यहरुको संस्थाको शेयर पूँजी २ करोड ७९ लाख, निक्षेप २५ करोड ६३ लाख,ऋण लगानी २६ करोड ३६ लाख रहेको ब्यवस्थापक राजेन्द्र धितालले बताए । ११ जना कर्मचारी कार्यरत रहेको संस्थाको २२ धुर जग्गामा बनेको आफ्नै सुविधा सम्पन्न भवन समेत रहेको अध्यक्ष विजय कुमार श्रेष्ठले बताए ।