हेटौडा \ हेटौडा उपमहानगरपालिका वडा नम्बर –६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको भवनमा मंगलवार देखि ३ महिने (९० घण्टा ) सिलाई कटाई तालिम शुरु भएको छ ।
ब्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौडा र सहकारी संस्थाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । हेटौडा–६ का वडा अध्यक्ष विजय पौडेलको प्रमुख आतिथ्यता एवम सहकारीको महिला उपसमितिकी संयोजक एवम सञ्चालक सदस्य रेखा मैनालीको सभाध्यक्षतामा तालिमको उदघाट्न गरिएको थियो ।
उदघाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष श्याम प्रसाद भट्टराई, सचिव रोम बहादुर न्यौपाने, सञ्चालक सदस्य यतिराज दंगाल, पूर्व ब्यवस्थापक प्रलहाद शर्मा आचार्य, तालिम केन्द्रका प्रशिक्षक नवराज पौडेल, सृजना टोल विकास संस्थाकी अध्यक्ष जीवकुमारी पोडेल, सञ्चारकर्मी भीमसेन पौडेल, संस्था ब्यवस्थापक दिपेन्द्र गौतम लगायतको सहभागिता रहेको थियो ।
सुशिला सुवेदी र उर्मिला हमालले सहजीकरण गर्ने तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको छ ।