January 13, 2025
माघ ४, २०७९

नेपाल राष्ट्र बैंकले छ वटा विकास बैंक र चार वटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानुनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि एक दर्जन संस्थालाई आर्थिक जरिबाना गरेको हो ।

राष्ट्र बैंकले आज बुधवार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक अवधिमा तोकिएको मापदण्ड पूरा नगरेका आधारमा कारबाही गरिएको जनाएको छ । कारबाहीमा परेका विकास बैंक र वित्त कम्पनीलाई हर्जना तिराइएको छ ।

कारबाहीमा पर्नेमा विकास बैंकमा कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक, सप्तकोसी विकास बैंक र साल्पा विकास बैंक रहेका छन् ।

त्यसैगरी वित्त कम्पनीतर्फ नेपाल फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पनि सीडी रेसियो कायम गर्न नसक्दा हर्जाना तिर्नुपर्ने भएको छ ।