February 19, 2025
अशोज २, २०७८

सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी यही १० गतेदेखि अग्रिम टिकट खुलाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा आफूहरू अग्रिम टिकट बुकिङ खुल्ला गर्न सहमत भएको महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार महासंघमा करिब १०० वटा कम्पनी आबद्ध छन् र एकतिहाइ बस उपत्यकाबाहिर लामो रुटमा चल्ने गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने यसमा सहमति जनाएको छैन । विभागका अधिकारीहरूका अनुसार असोज ६-७ गतेतिर फेरि छलफल गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *