January 29, 2023
खबर सहकारी

संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रीपरिषद् विस्तार गर्दै राईलाई सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

यसअघि बनेका मन्त्रीहरुलाई जिम्मेवारी तोकिएको थिएन । मंगलबार मन्त्रीमण्डल विस्तार गर्दै राइलाई सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

नेकपा एमालेका नेता राई धनकुटा क्षेत्र नं–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।