January 29, 2023
खबर सहकारी

मकवानपुरगढी \ मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३५ औं वार्षिक साधारणसभा शनिवार भएको छ । बागमती प्रदेश सभाका सांसद प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष दाहालले संस्थागत प्रतिवेदन र लेखा समिति संयोजक भोलानाथ दाहालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

सभामा विभिन्न ब्यक्ति र कृषकहरुलाई सम्मानित गरिएको थियो । सो अवसरमा केन्द्रीय दुग्ध संघका सञ्चालक सदस्य एवम निवर्तमान मकवानपुरगढीका अध्यक्ष विदुर हुमागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरका अध्यक्ष हरिप्रसाद कँडेल, संस्थाका सञ्चालक सदस्य जनक प्रसाद रेग्मीलाई सम्मानित गरिएको थियो । बढी दूध विक्री गर्ने नरेन्द्र लम्साल, अर्जुन प्रसाद दाहाल र सुभद्रा बजगाई, असली कारोवारी भीमकुमारी न्यौपाने र मुकुन्द प्रसाद दाहाललाई पनि सोही अवसरमा पुरस्कृत गरिएको थियो ।

साधारणसभामा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोेर्जे लामा स्याङतान, उपाध्यक्ष मानकुमारी पाख्रिन, केन्द्रीय दुग्ध संघका सञ्चालक सदस्य विदुर हुमागाई, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष बद्री प्रसाद लम्सालको आतिथ्यता रहेको थियो ।

कालीदेवी दुग्ध सहकारीका अध्यक्ष विक्रम योन्जन, हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाकी अध्यक्ष जानकी दाहाल, श्रमिक साना किसान कृषि सहकारीकी अध्यक्ष निर्मला लम्साल, सिर्जनशिल समाज साकोसका अध्यक्ष कृष्ण विडारीको उपस्थिति रहेको थियो ।

दैनिक सरदर ४ हजार ५ सय लिटर दूध संकलन हुने यो संस्थामा ३ सय ४८ जना शेयर सदस्यहरु रहेका छन । संस्थाले दूधलाई विविधीकरण गरि दहि, घीउ, पनिर, बटर तैयार गरि विक्री गर्दै आएको संस्थाकी ब्यवस्थापक शशि लम्सालले बताईन ।