September 7, 2024
पुस ३०, २०७९

हेटौंडा \  शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

सभाले आव २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी ५ जना संचालक निर्वाचित गरेकोमा सोही दिन बसेको नवनिर्वाचित संचालकहरुको बैठकले गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

त्यस्तै, नेपाल सरकारका पूर्व सचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्ती गर्दै ६ सदस्यीय संचालक समिति गठन भएको छ । सभामा कम्पनीमा आवद्ध रहि उत्कृष्ट कार्य सम्पादन गर्ने केहि कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।