February 24, 2024
पुस २३, २०७९

इन्द्रसरोवर \ इन्द्रसरोवर ५ मा श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार एक दिने सहकारी शिक्षा शिविर भएको छ ।

सहकारीले इन्द्रसरोवर वडा नम्बर २ कुलेखानी, सुकौरा क्षेत्रमा शिक्षा शिविर कार्यक्रम सञ्चालन गरिएको थियो । संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षतामा शिविर सञ्चालन भएको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए ।

सहकारीको महत्व, फाइदा, भविष्यमा बचत गर्नाले हुने सेवा सुविधा विषयमा सहकारी शिक्षा प्रदान गरिएको थियो । सहकारीमा आवद्ध नभएका करिब ४० जना भन्दाबढीलाई सहकारी सम्बन्धी जानकारी दिइएको थियो ।