October 10, 2024
पुस २३, २०७९

हेटौंडा \ हेटौंडा २ मा रहेको ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार २३ औं वार्षिक साधारण सभा भएको छ ।
संस्थाका अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

सभाको अवसर पारेर विभिन्न विधामा पुरस्कार तथा सम्मान गरिएको थियो । संस्थाले नियमित तथा असल बचतकर्ता मछिन्द्र श्रेष्ठ, बृद्धिमान थिङ, कान्छी माया थिङ, विष्णु प्रसाद खतिवडालाई पुरस्कृत गरिएको थियो । त्यस्तै, असल ऋणी तर्फ सरिता सर्यवंशी, सरिता पुडासैनी, जधा प्रसाद दोङ र विक्रम मुडवरीलाई पुरस्कृत गरिएको थियो । संस्थाले जेष्ठ सदस्यतर्फ कान्छीमाया बल र बाबुराम भ्लोनलाई सम्मान गरेको थियो । संस्थाले सभाकै अवसरमा लेखा सहायक सन्ध्या महर्जन र बजार प्रतिनिधि बिमला लोलाई नगद सहित सम्मान गरिएको थियो ।

No description available.

सहकारीले १६ करोड ५ लाख ७० हजार २२९ रुपैयाँको कारोबार गर्दै आफ्ना शेयर सदस्यलाई १३ करोड १० लाख ६१ हजार ७६५ रुपैयाँ कर्जा लगानी गरिएको छ । २ करोड ४१ लाख १ हजार ६ सय शेयरपुँजी रहेको सहकारीमा जगेडा कोष भने ७७ लाख ९१ हजार ६९६ रुपैयाँ रहेको छ ।

सभामा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, हेटौंडा वडा ७ का सदस्य श्यामसुन्दर परियार, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, संस्थाका निवर्तमान अध्यक्ष राजु अधिकारी, संस्थाका लेखा संयोजक पूर्णप्रसाद पुडासैनी, मउवा संघका सदस्य नेत्रप्रसाद खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।