April 16, 2024
पुस २३, २०७९

हेटौंडा \ मकवानपुर जिल्ला सहकारी संघको १९ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको सभाध्यक्षतामा भएको सभामा बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

संघले आव २०७८/०७९ मा एक करोड २९ लाख २९ हजार २२६ रुपैयाँको कारोबार गरेको छ । ९ लाख ८१ हजार शेयरपुँजी रहेको संघको जगेडा कोषमा ५२ लाख ४९ हजार ८९४ रुपैयाँ रहेको छ । संघमा जिल्लाका २ सय भन्दा सहकारी संस्था आवद्ध रहेका छन् ।

सभामा संघका अध्यक्ष देवकोटाले संघले गरेका गतिविधिहरु, प्राप्त गरेका उपलब्धीहरु, सहकारी बजार विकास कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उनले संघका समस्या, चुनौती र समाधानका उपाय र आगामी वर्षको कार्यक्र तथा योजनाहरु प्रस्तुत गरेका थिए ।

सभामा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिरेन्द्रप्रसाद ढुङ्गाना, प्रदेश सहकारी संघ बागमती प्रदेश संचालक मेनुका दाहाल, बिमल कुमार ढकाल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, केन्द्रीय कृषि सहकारी संघका लेखा संयोजक महेश्वर सुवेदी, जिल्ला कृषि सहकारी संघका निर्मला लम्साल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, संघका लेखा संयोजक मदन कुमार दाहाल लगायतको आतिथ्यता रहेको थियो ।