April 18, 2024
पुस १८, २०७९

हेटौंडा \ जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा संस्थापक साकोसहरुलाई सम्मान गरेको छ । सोमबार एक समारोहका बीच संघले संघ दर्ता गर्दाको बेलाका १२ वटा संस्थापक संस्थाहरुका प्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यता तथा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको विशेष आतिथ्यतामा सम्मान कार्यक्रम भएको थियो ।

May be an image of 7 people and people standing

२०६२ साल पौष १८ गते दर्ता भएको जिल्ला बचत तथा ऋण सहकारी संघको संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान (महिला कल्याण साकोस), उपाध्यक्ष मेनुका दाहाल(महिला जनशक्ति साकोस), सचिव राधा सिन्तान(महिला अभियान साकोस), कोषाध्यक्ष पार्वती राना( महिला जागृति साकोस), सदस्यहरु मञ्जु थिङ(जनचेतना साकोस), लक्ष्मी थिङ(महिला मिलन साकोस), विष्णु कुमारी लामा(महिला एकता साकोस)लाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै, संस्थापक लेखा संयोजक शुभद्रा गुरुङ(महिला शक्ति साकोस), सदस्यहरुमा मिना चौरेल(महिला आवाज साकोस) र सुशीला वाईवा(महिला सेवा साकोस) सहित संघ प्रतिनिधि हेमकुमारी थापा(महिला समाज साकोस) र बिमला सिं ठकुरी(सृजना महिला साकोस)लाई समेत कदर पत्रले सम्मान गरिएको थियो । १२ वटा संस्थाबाट दर्ता सुरु गरि आएको संघमा हाल १३९ वटा मिश्रित तथा महिला सहकारीहरु आवद्ध रहेका छन् ।

संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघको स्थापना कालदेखी हाल सम्म भएको विभिन्न घटनाक्रमलाई प्रस्तुत गरेकी थिइन् । संघको ध्येय, परिकल्पना, उद्देश्य, आगामी योजनाबारे जानकारी गराएकी थिइन् ।

No description available.

कार्यक्रममा सहकारी मन्त्रालयका सहकारी महाशाखाका रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली, राष्ट्रिय सहकारी महासंघका बद्रीप्रसाद लम्साल, बागमती प्रदेश सहकारी संघका मेनुका दाहाल, हेटौंडा उपमहानगर सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन फिल्डका कार्यक्रम संयोजक विदुर खड्का लगायतकाको आतिथ्यता रहेको थियो ।