January 29, 2023
खबर सहकारी

काठमाडौं \  तत्काल दूधको मूल्य नबढ्ने भएको छ । राष्ट्रिय दूग्ध विकास बोर्डले तत्काल दूधको मूल्य नबढाउन भनेको हो ।
दूग्ध व्यसायीले शनिबार वृद्धि गरेको दूधको मूल्य कार्यान्वयन नगर्न बोर्डले निर्देशन दिएको छ । आइतबार बोर्डले सम्बद्ध पक्षसँगको छलफलपछि शनिबार व्यवसायीले वृद्धि गरेको दूधको मूल्य लागू नगर्न निर्देशन दिएको हो ।

लागत मूल्य बढेको भन्दै दुग्ध व्यवसायीहरुले प्रतिलिटर १४ रुपैयाँसम्म वृद्धि गरेपछि आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपकुमार खरालसहित सम्बद्ध निकायका पदाधिकारीहरुको बैठकले अध्ययनमार्फत उचित मूल्य कायम गर्ने र शनिबार बढाएको मूल्य कार्यान्वयन नगर्न  निर्देशन दिएको जनाइएको छ ।

Screenshot_20230101_19414-1672581415.jpg