January 13, 2025
पुस १५, २०७९

हेटौंडा \ हेटौडा–१७, गैरीगाउँमा रहेको लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा शुक्रवार भएको छ । हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रुपचन्द्र बिडारीको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

सभामा संस्थाका अध्यक्ष बिडारीले संस्थागत प्रतिवेदन र लेखा समिति संयोजक रमेश कुमार घिमिरेले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

सभामा हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपाने, हेटौडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, सञ्चालक सदस्य कृष्ण चौलागाई, श्रमिक साना किसान सहकारीकी अध्यक्ष कमला श्रेष्ठ, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, संस्थाका उपाध्यक्ष रचुत देवकोटा, शेयर सदस्य दामोदर दाहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

सहकारी संस्थामा १ सय ९६ जना शेयर सदस्यहरु आवद्ध रहेको व्यवस्थापक टिकाराम न्यौपानेले बताए ।