January 22, 2025
पुस ११, २०७९

श्रीराम अर्जुन


मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादन सहकारी संस्थाद्धारा सञ्चालित मनकामना दुग्ध प्रशोधन तथा उत्पादन उद्योग उपआयोजनाको कार्य सम्पन्नको सार्वजानिक सुनुवाई सोमबार भएको छ ।

विस २०४२ सालदेखी दुध र दुधजन्य पदार्थको खरिद तथा विक्री गर्दै आएको सहकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको अनुदानमा दुग्ध प्रशोधनको कार्यलाई अघि बढाएको थियो र सोही अनुरुप सोमबार आयोजनाको आम्दानी र खर्च सहित भावी योजनाबारे सार्वजानिक गरिएको थियो ।

संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहालको अध्यक्षता तथा गाउापालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा उद्योग उप आयोजनाको प्रतिवेदन अध्यक्ष दहालले प्रस्तुत गरेका थिए । उनले संस्थाको इतिहास देखी हालसम्मको अवस्थालाई चित्रण गर्दै उप आयोजना सञ्चालनको सुरुवातीबारे प्रष्ट पारेका थिए ।

२०७८ भाद्र महिनामा नेपाल लाईभस्टकसँगको सम्झौता पश्चात कामको सुरुवात गरिएको अध्यक्ष दहालले बताए । उनले उद्योग दर्ता गरि अनुज्ञापत्र लिन कागजपत्र बुझाइएको बताउँदै उनले उपआयोजनाको सुरुवाती बजेट २ करोड ३३ लाख ३१ हजार ७९१ रहेको बताए । जसमा आयोजनाको पुरक अनुदान एक करोड रहेको छ भने संस्थाले ६३ लाख ३१ हजार ७९१ रुपैयाँ लगानी रहेको बताए । सहकारीले बैंक वा वित्तीय संस्थाबाट लिने कर्जा ७० लाख रहेको बताइएको छ ।

आयोजनाले तीन किस्ताका अनुदान रकम पठाइएको भन्दै तेस्रो किस्ता आउन बाकीँ रहेको अध्यक्ष दहालले बताए ।
सहकारीमा संकलित दुधबाट बजारको माग अनुसार दहि, घ्यु, पनिर, वटर तयार पारी विक्री गर्ने गरेको छ । सहकारीले खुला दुध विक्री गरिरहेको अवस्थामा अब भने पाश्चुराईज प्याकेजिङ्ग दुध विक्री गरिने जनाइएको छ ।

उपआयोजना अन्तरगत संस्थामा मिल्क रिसिभिङ्ग एक थान, मिल्क अनलाइजर फिल्टर एक थान, मिल्क पम्प ५ थान, मिल्क पाश्चाराइजर, अनलाइन क्रिम सेपेटर, मिल्क होमोराइजेसन, मिल्क प्याकेजिङ, कोल्ड स्टोर, डि फ्रिज, आइक्रिम फिजर लगायत विभिन्न मेसिनरी सामाग्रीहरु थपिएको अध्यक्ष दहालले बताए ।

No description available.

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका इन्जिनियर राजेश योन्जन, प्राविधिक अविरल गौतम, खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा. क्षितिज श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, संघका व्यस्थापक कुमारमणी दाहाल, संस्थाका पूर्व अध्यक्ष अनिरुद्र दाहाल, कृष्णप्रसाद पोखरेल, श्रमिक साना किसान कृषि सहकारीका अध्यक्ष निर्मला लम्साल, हिमाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष जानुका दाहाल, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।