
हेटौंडा \ हेटौंडा ४ मा रहेको श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः नवराज अर्यालकै नेतृत्वमा समिति चयन भएको छ ।
गतवर्ष श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकीकरण भएपछि श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था नामाकरण पश्चात बनेको समितिले शनिबार १४ औं वार्षिक साधारणसभा गरेको थियो ।
सोही समयमा बनेको तदर्थ समितिले नै अबको ४ वर्षका लागि पूर्णता पाएको छ । तर्दथ समिति लाई नै पूर्ण कार्यसमितिको लागि शनिबार सभाबाट पास गरेको छ ।
संस्थाको अध्यक्षमा नवराज अर्याल, उपाध्यक्षमा टंकनाथ नेपाल, सचिवमा अर्जुनप्रसाद ढुङ्गेल, कोषाध्यक्षमा विरेन्द्रप्रसाद ढुङ्गाना रहेका छन् । यसैगरी संस्थाको सदस्यमा उदय नारायण श्रेष्ठ, मणिप्रसाद पाठक, राजन घिमिरे, पूर्णकुमारी कार्की, नवराज थपलिया, नारायणप्रसाद अधिकारी र गणेशबहादुर कठायत रहेका छन् ।
यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको सदस्यमा भने दामोदर पौडेल नयाँ सदस्य चयन भएका छन् ।यस अघि श्यामकुमार बस्नेत रहेका थिए । लेखा सुपरिवेक्षण समितिको संयोजक हरिकुमार शर्मा र सदस्यमा हरि कोइराला रहेका छन् ।