मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्थाको १६ औ वार्षिक साधारण सभा शनिबार भएको छ ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष कृष्ण बहादुर बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको विशेष आतिथ्यता रहेको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष कृष्ण बहादुर विडारीले संस्थाको प्रगती प्रतिवेदन ,सचिव शान्त प्रसाद दहालले सचिवको प्रतिवेदन, कोषाध्यक्ष माधव चौलागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८ ७९ मा ४ करोड ९४ लाख ४५ हजार ७ सय ९ रुपैया बराबरको आर्थिक कारोबार गरेको छ ।
संस्थाले ३ करोड ९८ लाख ५९ हजार ऋण लगानी गरेको छ भने सहकारी संस्थामा ७ सय ६५ शेयर सदस्य रहेका छन । कार्यक्रममा मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे, वडा नम्बर ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सीना,जिल्ला बचत संघका सदस्य शर्मिला महत लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।