April 18, 2024
पुस ९, २०७९

हेटौंडा \ हेटौंडा ४ मा रहेको श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष नवराज अर्यालको सभाध्यक्षता तथा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

सहकारीले २३ करोड ५ लाख ९४ हजार ३१ रुपैयाँको कारोबार गरेको छ । आफ्ना शेयर सदस्यलाई १८ करोड ५१ लाख ५२ हजार २७ रुपैयाँ ऋण लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ । दुई हजार १९९ सदस्य रहेको सहकारीमा ३ करोड ५८ लाख ६१ हजार ६ सय शेयर पुजीँ रहेको संस्थाका व्यवस्थापक सुशील चन्द्र शर्माले बताए । १५ करोड १८ लाख ३३ हजार ३६७ रुपैयाँ बचतनिक्षेप रहेको सहकारीमा १ करोड १६ लाख ५७ हजार ५५५ रुपैयाँ जगेडा कोष रहेको व्यवस्थापक शर्माले बताए ।

सभाको अवसर पारेर सहकारीले विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरेको छ । जेष्ठ सदस्यतर्फ विष्णु लामिछाने र जीवकुमारी दंगाल, उत्कृष्ट बचतकर्तातर्फ मदुकुमार दंगाल, अधिकतम बचत गर्ने कमला दाहाल, कर्जामा धेरै व्याज तिर्ने अर्जुनप्रसाद गौतम, नियमित किस्ता बुझाउने किरण प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै, एसईइमा उत्कृष्ट अंक ल्याउने तमन्ना अर्याल, विकल्प रेग्मी र जेनिश बोगटीलाई पुरस्कृत गरिएको थियो ।

सभामा वडा नम्बर ११ का अध्यक्ष जुना दाहाल, वडा ४ का अध्यक्ष नवीन सिग्देल, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य हिमाल पौडेल, हेटौंडा उपमहानगरका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य विदुर हुमागाई, नेफ्स्कुन हेटौंडाका सदस्य राजेन्द्रप्रसाद पौडेल, संस्थाका लेखा संयोजक हरिकुमार शर्मा लामिछाने, संस्थाका सल्लाहकार ऋषिराम घिमिरे, बद्रीनाथ शर्मा, पवि शर्मा , जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल लगायतको आतिथ्यता रहेको थियो ।