April 20, 2024
पुस ६, २०७९

काठमाडौं \  राष्ट्रिय सहकारी बैंक निर्वाचनमा १९ पदका लागि ६७ जनाको उम्मेदवारी परेको छ ।

बैंकको निर्वाचनको लागि आज उम्मेदवारी दर्ताको तालिका थियो । अध्यक्ष पद, गण्डकी प्रदेश सञ्चालक र मधेश प्रदेश सञ्चालक पदमा निर्विरोध भएका छन् । अन्य पदमा भने उम्मेदवारी धेरै परेको हो ।

निर्विरोध हुनेमा अध्यक्ष के.बी. उप्रेती रहेका छन् । त्यस्तै मधेस प्रदेशबाट विश्वनाथ मण्डल र गण्डकी प्रदेशबाट रामबहादुर जिसि पनि निर्विरोध भएका छन् ।

सबैभन्दा बढी सञ्चालक समिति खुलामा उम्मेदवारी परेको छ । ४ सञ्चालक रहेको खुलामा ३३ जनाको उम्मेदवारी परेको । उम्मेदवारी फिर्ता लिने समय भोली बेलुका ५ बजेसम्म रहेको छ