बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को रिक्त पदमा उप निर्वाचन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा भएको संघको दोस्रो वार्षिक साधारण सभामा उप निर्वाचन भएको हो ।
संघमा महिला उपाध्यक्ष, कोषाध्यक्ष, २ सदस्य र लेखा समिति संयोजक पद रिक्त रहेको थियो । रिक्त पदमा सर्वसम्वत् नेतृत्व चयन भएको हो ।
संघको रिक्त महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएकी छिन् । श्रेष्ठ जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष समेत हुन् ।
त्यस्तै कोषाध्यक्षमा केशव दंगाल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा तारा नाथ सापकोटा र कृष्णप्रसाद सुवेदी रहेका छन् । त्यसैगरी लेखा समिति संयोजकमा देवप्रसाद त्रिपाठी निर्वाचित भएका छन् ।