हेटौंडा \ हेटौंडामा ४ मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा बसन्तराज गौतम चयन भएका छन् । शनिबार भएको १४ वार्षिक साधारण सभा सभाबाट संस्थाको उपाध्यक्षमा रामकुमार विष्ट, सचिवमा दिर्घनारायण भट्टराई र कोषाध्यक्षमा जयराम धिताल चयन भएका छन् ।
संस्थाको सदस्यहरुमा दिलिप कुमारी श्रेष्ठ, भरत कुमार भण्डारी, कृतिका आचार्य, रोजिता लम्साल, नमुना पाण्डे, भक्त बहादुर बुढाथोकी र केशव कार्की चयन भएका छन् । संस्थाको लेखा समिति संयोजकमा राजु अर्याल र सदस्यहरुमा हरि खड्का र मैयादेवी लामा चयन गरिएको छ ।
संस्थाका अध्यक्ष महेश कुमार सिग्देलको अध्यक्षता र बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रह्लाद लामिछानेको प्रमुख आतिथ्यमा सभा भएको थियो ।