हेटौंडा \ हेटौंडा ८ कमानेमा रहेको सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

सहकारीले ९ करोड ६४ लाख ९० हजार ३८८ रुपैयाँको कारोबार गरेको छ । २ करोड ९ लाख १३ हजार ७ सय शेयरपुजीँ रहेको सहकारीले आफ्ना शेयर सदस्यलाई ६ करोड ४९ लाख ५१ हजार १३९ रुपैंया कर्जा लगानी गरेको छ । सहकारीमा बचतनिक्षेप ६ करोड ४७ लाख ६७ हजार १६७ रुपैंया रहेको छ भने जगेडा कोषमा ११ लाख ६ हजार ७५८ रहेको संस्थाका सचिव हरिमाया ढकालले बताइन् ।

सभाको अवसरमा नियमित मासिक बचतगर्ने गौरी विष्ट, विशेष बचतकर्ता कालिकामाई टोल विकास संस्था, दैनिक बचतकर्ता लक्ष्मीमाया आलेमगर, अधिक आवधिक बचतकर्ता नारायणबहादुर पौडेल र राधिका पौडेल, नियमित ऋण बुझाउने कविता खड्का, नियमित बादबचत गर्ने सम्भावी श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । सोही सभामा समूहतर्फ भने रानी दरवार महिला समूह, ३नं. महिला समूह र १२ नं. महिला समूहलाई पुरस्कृत गरिएको थियो ।

सभामा वडा ८ का अध्यक्ष रामकृष्ण थापा, जिल्ला बचत संघका उपाध्यक्ष मीना चौरेल, हेटौंडा साकोसका अध्यक्ष इन्द्रबहादुर बस्नेत, दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष डा. गणेश बल लामा लगायतको आतिथ्यता रहेको थियो ।

सभामा अध्यक्ष रामबहादुर बस्नेतले संस्थाको आगामी कार्ययोजना,  सचिव हरिमाया ढकालले प्रगति प्रतिवेदन, लेखा संयोजक रेवती रमण न्यौपानेले आर्थिक कारोबारको प्रतिवेदन प्रस्तुत गरेका थिए । । सभाबाट उक्त प्रतिवेदन अनुमोदन समेत गरिएको छ । संस्थामा १ हजार ३८१ महिला सहित २ हजार ४०७ जना शेयर सदस्य रहेका छन् भने बालबचतको संख्या ३६३ जना रहेका छन् ।