हेटौंडा \ हेटौंडा ११ डाङडुङ्गेमा रहेको क्षिरसागर दुग्ध उत्पादक सहकारी संस्थाको ९ औं वार्षिक सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
४ लाख ८४ हजार ७ सय शेयरपुजीँ रहेको सहकारीमा जगेडा कोषमा ११ लाख २५ हजार ९८० रुपैयाँ रहेको छ । ५३ लाख ८ हजार १४२ रुपैयाँको कारोबार गरेको संस्थाले आव ०७८/०७९ मा २ लाख ८० हजार लिटर दुध संकलन गरि विक्रि गरिएको संस्थाका व्यवस्थापक देवकुमार श्रेष्ठले बताए । संस्थाबाट स्थानीय विक्री भने ५० हजार लिटर विक्री गरिएको जनाइएको छ ।
सभाको अवसर पारेर सहकारीले किसानलाई पुरस्कृत गरिएको छ । नगद र १२ लिटरका क्यान सहित प्रथम हुने पुण्यकुमारी बस्नेत, द्धितीय हुने गोमा मगर, तृतीयहुने पवित्रा कुईकेल, सान्त्वना हुने उद्धवप्रसाद गजुरेललाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, गुणस्तर दुध विक्री गर्ने कृष्णप्रसाद पौडेल, स्थानीय दुध खरिदकर्ता उत्तमप्रसाद पौडेल, नवराज अर्याल र खमबहादुर जर्गामगरलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष जुना दहाल, वडा सदस्य विकास नेपाल, हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल,संस्थाका पुर्व अध्यक्ष बोलबहादुर पौडेल, डाङडुङ्गे टोल विकासका अध्यक्ष ठाकुरप्रसाद पौडेल, गणेशस्थान टोलका अध्यक्ष मञ्जु पौडेल लगायत विभिन्न सहकारीका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सभामा प्रस्तुत गरेका वार्षिक प्रतिवेदन तथा कार्ययोजनाहरु सर्वसम्मत पारित समेत गरेका छन् ।