
मनहरी \ मनहरी गाउँपालिका वडा नम्बर ३ लामिटारमा रहेको साना किसान कृषि सहकारी संस्था हाडिँखोलाको १३ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । संस्थाका अध्यक्ष राधिका ठकुरीको सभाध्यक्षता तथा प्रतिनिधि सभा क्षेत्र २ का सदस्य महेश बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो ।
सहकारीले आव २०७८/०७९ मा ३९ करोड ४ लाख ७७ हजार ७४ रुपैयाँको कारोबार गरेको छ । २ करोड १३ लाख ७७ हजार ७ सय शेयर पुजीँ रहेको सहकारीले आफ्ना शेयर सदस्यलाई ३२ करोड ५७ लाख २५ हजार ३९६ रुपैयाँ कर्जा लगानी गरेको छ ।
सहकारीको बचत निक्षेप १० करोड १५ लाख ५६ हजार ३४६ रहेको छ भने जगेडा कोषमा २ करोड १८ लाख ७३ हजार २६१ रुपैयाँ रहेको संस्थाका प्रवन्धक सुरेन्द्रकुमार तितुङले बताए ।
सभाकै अवसर पारेर विभिन्न विधामा सहकारीले पुरस्कार तथा सम्मान गरेको छ । सहकारीले तरकारी उत्पादक तर्फ विमला रुम्बा थिङ, दुध उत्पादकतर्फ सत्यदेवी कंडेल, बाख्रा पालक तर्फ ठुलीमाया लोप्चन, उत्कृष्ट बचतकर्ता तर्फ ठुली लामा, उत्कृष्ट समूह बचतकर्ता तर्फ देवी भण्डारी, मैया ढकाल, ज्ञानु भण्डारी, सीता ठकुरी, दिलमाया बुलुन र बिमला थोकरलाई पुरस्कृत गरिएको थियो ।
सभामा जेष्ठ शेयर सदस्य नानीमाया थिङ, बालकुमारी गलान, भक्तीलक्ष्मी गोङवा, माइली माया घलान र गोदादेवी न्यौपानेलाई सम्मान गरिएको थियो । एक लाख भन्दा बढी शेयर खरिद गर्ने १३ जना शेयर सदस्यलाई समेत सम्मान गरिएको थियो ।
सभामा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, पालिका पुर्व अध्यक्ष एकराज उप्रेती, वडा ३ का अध्यक्ष अनन्त प्रकाश अर्याल, जिल्ला दुग्ध संघका अध्यक्ष हरिप्रसाद कंडेल लगायतकाको आतिथ्यता रहेको थियो ।