April 13, 2024
मंसिर १७, २०७९

हेटौंडा \ हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा शनिवार भएको छ । बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा सभा भएको थियो ।

सभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले लेखा परिक्षण प्रतिवेदन र लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीले २३ करोड ४२ लाख ३० हजार ४५६ रुपैयाँको कारोबार गरेको छ । २ हजार ७१० शेयर सदस्य रहेको सहकारी संस्थामा २ करोड ४८ लाख ८६ हजार शेयर पुजीँ रहेको छ । सहकारीले आफ्ना सदस्यलाई १९ करोड ११ लाख ३० हजार ४७९ रुपैयाँ कर्जा लगानी गरेको छ भने सहकारीको बचत निक्षेप १८करोड ४४ लाख ३३ हजार १६ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक झम्कप्रसाद गौतमले बताए । सहकारीको जगेडा कोष भने ८५ लाख ८६ हजार ८३९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
No description available.

सभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिरेन्द्र प्रसाद ढुङ्गाना, राष्ट्रिय सहकारी बैंक हेटौडाका प्रमुख रामेश्वर अर्याल, हेटौडा साकोसका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, नेफ्स्कुन फिल्ड हेटौंडा उपसमितिका सदस्य राजेन्द्रप्रसाद पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, संस्थाका सल्लाहकार गणेशकुमार श्रेष्ठ, प्रह्लाद शर्मा आचार्य, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतकाको आतिथ्यता रहेको थियो ।

No description available.

संस्थाले सभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरेको छ । संस्थाले ज्येष्ठ शेयर सदस्यतर्फ कृष्णप्रसाद नेपाल, सावित्री देवी ढुङगाना, मासिक बचत कर्तातर्फ रामचन्द्र सापकोटा,गोमा सापकोटा, असली ऋणीतर्फ शान्ता कुमारी डंगोल, रोम प्रसाद सापकोटा, पत्रकार तर्फ कपिल खड्कालाई पुरस्कृत गरिएको थियो ।

No description available.

उद्यमी व्यवसायीतर्फ सुशिला कुमारी श्रेष्ठ र दुर्गा बहादुर श्रेष्ठ, सदस्यता वृद्धि गर्ने कृष्ण आचार्य, संस्थापक शेयर सदस्य नवराज अर्याल, सुन्दरा अर्याल,बाल बचतकर्तातर्फ हिमाल अधिकारी, अनुसुया दाहाललाई पुरस्कृत गरेको छ । साधारणसभामा समूह वचत तर्फ पशुपतिनाथ उपसमूह, सभामा १५ जना दम्पती जोडीलाई सम्मान र २०७८ सालको एसईइमा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यहरुका ११ जना छोराछोरीहरु समेतलाई पुरस्कृत गरिएको थियो ।


May be an image of 7 people and people standing

पौडेलद्वारा छात्रवृति प्रदान

सामाजिक क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी एवम सहकारीकर्मी भीमसेन पौडेलले सहकारीको २६ औं वार्षिक साधारणसभाको अवसर पारेर २ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेका छन् ।

पौडेलले आफनो धर्मपत्नी दुर्गादेवी पौडेलको स्मृतिमा स्थापना गरेको स्वर्गीय दुर्गादेवी पौडेल स्मृति छात्रवृति नवज्योति मावि, हेटौडा–७ मा कक्षा ७ मा अध्ययनरत सिजन दोङ र कक्षा ६ मा अध्ययनरत लक्ष्मी मैनालीलाई जनही ५ हजारका दरले छात्रवृति प्रदान गरेका हुन् । उक्त रकम स्वर्गीय पौडेलकी छोरी रोशनी पौडेल, छोराहरु रोहित पौडेल र रोशन पौडेलले प्रदान गरेका थिए ।

पौडेलले जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा अक्षय कोष स्थापना गरि त्यसबाट प्राप्त हुने ब्याज वापतको रकमले छात्रवृति प्रदान गरेका हुन् । १ लाख २५ हजारको अक्षय कोषलाई बढाएर पौडेलले आज २५ हजार थप गरि १ लाख ५० हजार पु¥याएका छन् । कोषलाई प्रत्येक वर्ष थप गर्दै ५ लाख पु¥याउने योजना रहेको पौडेलले बताए ।