January 13, 2025
मंसिर १६, २०७९

हेटौंडा \  प्रादेशिक खाद्य प्रणाली समिक्षा तथा योजना तर्जुमा गोष्ठि शुक्रबार  हेटौंडामा भएको छ । राष्ट्रिय योजना आयोग, बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र डब्लुएफपीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाँईले यस प्रदेशमा कृषि सम्बन्धी ऐनहरु निर्माण गरिएको र कार्यान्वयनमा ल्याइएको बताए ।  कानूनी रुपमा बाधा पुग्ने समस्याका कारण कामै गर्न अप्ठेरो भएका स्थानमा त्यो बाधा फुकाइएको बताए । अब कृषि क्षेत्रमा क्रान्ती ल्याउनेगरी काम गर्नका लागि उनले आग्रह गरेका थिए ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमायाँ गुरुङले खाद्यमा परनिर्भर बन्दा भोकभोकै बस्नुपर्ने बाध्यता हुन्छकी भनेर समस्या नहुने बताइन् ।  कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामाले कुनैपनि नीति र योजना बन्दा तल्लोस्तर सम्म काम गर्ने संयन्त्र बनाउनुपर्ने बताइन् । प्रदेश सरकारले राम्रो नीति बनाएर स्थानीय तहलाई कामको जिम्मा दिनुपर्ने समेत बताएकी थिइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइटेल, कृषि विकास निर्देशनालय हेटौंडाका निमित्त प्रमुख भरत प्रसाद विडारी, वीउ विजन प्रयोगशाला हेटौंडाका प्रमुख राजन ढकाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाका कृषि विकास महाशाखाका प्रमुख झलकनाथ कँडेल लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका योजना अधिकृत खड्गराज राई लगायतकाले प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा ६ वटा समुहको विभाजन गरेर समुहगत प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.शरण कुमार पाण्डेको अध्यक्षतामा भएको थियो ।