
हेटौडा \ हेटौडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिबार भएको छ । साधारणसभाको बन्द सत्रले विजय कुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत गठन गरेको छ । समितिको उपाध्यक्षमा त्रिविक्रम मानन्धर, सचिवमा अर्जुन प्रसाद हुमागाई, सहसचिवमा ईश्वर बानियाँ र कोषाध्यक्षमा सुभद्रा आचार्य चयन भएका छन् ।
संस्थाका सदस्यहरुमा दीपक दास श्रेष्ठ, बद्री बहादुर राई, अमुना सापकोटा, रामचन्द्र अधिकारी, तारानाथ चौलागाई, पुष्पा जोशी, रविकुमार चौलागाई, र राजकुमार कायस्थ चयन भएका छन ।
संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुवोध भट्टराई र सदस्यहरुमा कृष्ण बहादुर मानन्धर र विजय कुमार हुमागाई चयन भएका छन । नयाँ सञ्चालक समिति गठन गर्नका लागि अर्जुन प्रसाद चौलागाइको संयोजकत्वमा रविन्द्र प्रसाद गौतम र भीमसेन पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष श्याम प्रसाद श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष त्रिविक्रम मानन्धरले आव. ०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन र लेखा सदस्य कृष्ण बहादुर मानन्धरले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
सभामा उत्कृष्ट बचतकर्ता तर्फ रिता गुरुङ, शान्तिदेवी राई, लक्ष्मी कुमारी भण्डारी,असली कारोवारी तर्फ उर्मिला सार्की, सुनिता कुमारी पुडासैनी र भवन निर्माणमा महत्वपूर्ण सहयोग गर्ने संस्थाका सचिव अर्जुन प्रसाद हुमागाई, कोषाध्यक्ष त्रिविक्रम मानन्धर र सञ्चालक सदस्य ईश्वर बानियाँलाई सम्मान गरिएको थियो ।
नेपाल बचत तथा ऋण केन्द्रीय महासंघकी सञ्चालक सदस्य विद्या कोईरालाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष श्याम प्रसाद श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय बिडारी, जनकल्याण सहकारीका उपाध्यक्ष श्याम प्रसाद भट्टराई, नौलो विहानी कृषि सहकारीका उपाध्यक्ष डोर बहादुर अधिकारी, बंशगोपाल माविका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, रानी सामुृदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, संस्थाका सल्लाहकार साधुराम चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।
२ हजार ५७५ जना शेयर सदस्य रहेको सहकारी संस्थाको २०७९ असार मसान्त सम्ममा शेयर पूँजी २ करोड ७३ लाख, निक्षेप २५ करोड १७ लाख, ऋण लगानी २६ करोड, जगेडा कोष २ करोड ४ लाख, अन्य कोष ९० लाख रहेको संस्थाका व्यवस्थापक राजेन्द्र धितालले बताए ।