हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औ वार्षिक साधारण सभा शनिबार भएको छ । सहकारी संस्थाकी अध्यक्ष जानकी दाहालको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभामा संस्थाकी अध्यक्ष दाहालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन व्यवस्थापक शुभद्रा घिमिरेले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक जोसिना बर्तौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सहकारीले आव २०७८ ७९ मा ४ करोड ५४ लाख ५४ हजार ८ सय ७०को कारोबार गरेको छ । गत आर्थिक वर्षमा ३ करोड ७२ लाख ३८ हजार ३ सय ४१ रुपैयाको कारोबार गरेको सहकारीले जनाएको छ ।
सभाको अवसरमा असल ऋणि मनकुमारी बल, बाल बचत तर्फ प्रिन्सीका आचार्य, सम्राट न्यौपाने , व्यक्तिगत बचततर्फ सविता सुनार, नियमित शेयर खरिदकर्ता सीता फुँयाललाई सम्मान गरीएको थियो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष पाख्रीनले सहकारीले महिलाको नेतृत्व विकासमा महत्वपूर्ण भुमिका खेलेको बताइन् । सहकारी संस्थामा आवद्ध महिलाहरुको जीवनमा आएको आर्थिक सामाजिक परिवर्तन संगै राजनितिक नेतृत्वमा सक्षम बनाएको बताएकी थिइन् ।
सभामा वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे, वडा २ को अध्यक्ष बखान सिं पाख्रीन, वडा १ का अध्यक्ष आइतसिं लो, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल, श्रृजनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिडारी, श्रमिक साना किसान सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल, जागरण साकोसका सचिव सरिता बराईली, गाउँपालिका महिला बालबालिका शाखा प्रमुख मन्दीरा थापा, नबिल बैक मकवानपुरगढी शाखा प्रमुख पुष्पराम महत, रानी सामुदायिक वनका शत्रुघन दुलाल, संस्थाका पुर्व अध्यक्ष भीमकुमारी न्यौपाने, उपाध्यक्ष शारदा दाहाल लगायतकाले आफ्ना भनाइ राखेका थिए ।
सहकारीले विगत वर्षदेखी प्रशोधन गरेर बेसार उत्पादन तथा विक्री गर्दै आइरहेको छ ।