हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको आयोजना भएको बृहत रक्तदान कार्यक्रममा तीस जनाले रक्त दान गरेका छन् ।

डेंगु संक्रमणको विशेष परिस्थितीमा बढ्दो रगत अभावलाई ध्यानमा राखी सहकारीको २५ औं रजत वर्षको अवसरमा रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष कल्पना श्रेष्ठले बताइन् ।

रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम भएको थियो ।