April 20, 2024
कार्तिक १९, २०७९

हेटौंडा \ हेटौंडा ७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिले आव २०७८/०७९मा ७३ करोड २३ लाख १३ हजार ३८८ रुपैयाँको कारोबार गरेको छ । शनिबार २३ औं वार्षिक साधारण सभामा सहकारीले गरेको आर्थिक कारोबारको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको आचार संहिता लाग्ने भएकाले आचारसंहिता पालना गर्दै सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत र विभिन्न विधामा सम्मान गरि सदस्यहरुको उपस्थितीमा सभा गरिएको थियो ।
पूर्व निर्धारित कार्यक्रम भएकाले मकवानपुरको मुख्य निर्वाचन अधिकृतले आइतबारबाट हुने सबै सभा सम्मेलन स्थगन गर्न आग्रह गरेका छन् । शनिबार भने आचारसंहिता पालना गर्दै सामान्य रुपमा सभा गरिएको संस्थाका व्यवस्थापक रामशरण गौतमले बताए ।

संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतले आफ्नो प्रतिवेदन सभामा प्रस्तुत गरे भने बाकीँ प्रतिवेदन सदस्यहरुको हातहातमा पुग्ने गरि वितरण गरिएको थियो ।

सभामा प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, वडा अध्यक्ष दामोदर गौतम, हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल लगायत विभिन्न सहकारी संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

सहकारीमा ४ करोड ४८ हजार सात सय शेयर पुजीँ रहेको छ भने ४६ करोड ६६ लाख ५६ हजार ८९९ बचत निक्षेप रहेको व्यवस्थापक गौतमले बताए । सहकारीले आफ्ना शेयर सदस्यलाई ५५ करोड ३७ लाख ३१ हजार ७६४ कर्जा लगानी गरेको छ ।

सभामा बाल बचततर्फ उपसना रिमाल, सुजता दहाल र विश्वास बस्नेत, दैनिक बचततर्फ रामप्रसाद प्रसाई, बबिता खड्का र राजकुमार राना, ऐच्छिक बचततर्फ भक्तबहादुर वाईवा, आवधिक बचततर्फ दिलबहादुर श्रेष्ठ, पेन्सन बचततर्फ निर्मला थपलिया, लखपति बचततर्फ अञ्जु फुयाँल, नियमित मासिक बचततर्फ टिकामाया गौतम, अहिल्या श्रेष्ठ र पवननाथ घिमिरे, असल ऋणीतर्फ पातली मोक्तान, विमला कार्की र प्रमिला बन्जारालाई पुरस्कृत गरिएको थियो । सभामा पत्रकार रामशरण दुलाल, संस्थालाई विशेष योगदान गर्ने दुर्गा प्रसाद चौलागाईलाई सम्मान गरिएको थियो ।