हेटौंडा \ मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको आचार संहिता लाग्ने भएकाले आचारसंहिता पालना गर्दै शेयर सदस्यहरुको उपस्थिती मात्र गराएर हेटौंडा ९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको सभा भएको छ ।
निर्धारित मिति तोकिएकोले सदस्यहरु आउनु भयो यता प्रशासनले भने स्थगन गर्न आग्रह गरे पश्चात हामीले सदस्यहरुको उपस्थिती मात्रै गराएर निर्वाचन पछि मिति तोकेर प्रतिवेदन माथि छलफल गरिने अध्यक्ष जंगबहादुर गुरुङले बताए ।
राष्ट्रिय सभाका सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यतामा गरिने भनिएको सभा आचारसंहिताको मध्यनजर गर्दै हामीले सभाका लागि उपस्थिती हुने सदस्यहरुको हाजिरी गरि सभा गरिएको अध्यक्ष गुरुङले बताए ।
सहकारीको २६ औं वार्षिक सभा अब निर्वाचन पछि तयार पारिएको प्रतिवेदन माथी छलफल गरिने जनाइएको छ । सहकारीले ३३ करोड ९७ लाख ८२ हजार ४५१ रुपैयाँको कारोबार गरेको छ । सहकारीमा ५ करोड ८० लाख ३८ हजार २ सय शेयर पुजीँ रहेको छ भने २३ करोड ६८ लाख ३४ हजार ५३४ रुपैयाँ कर्जा लगानी गरिएको व्यवस्थापक महेश अधिकारीले बताए ।