January 22, 2025
कार्तिक १८, २०७९

काठमाडौं \  आचारसंहिताका कारण सहकारी संस्थाहरुले निर्वाचन सहितको साधारणसभा मात्र गर्न नपाउने निर्वाचन आयोगले स्पष्ट पारेको छ । आचारसंहितामा निर्वाचनसँग सम्बन्धित कुनै गतिविधि गर्न नपाउने भएकाले निर्वाचन सहितको साधारणसभा गर्न नमिल्ने आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए ।

‘नियमित साधारणसभाको कार्यक्रम गर्न कुनै समस्या हुदैन’ सहायक प्रवक्ता अर्यालले भने, ‘साधारणसभामा निर्वाचन सहितका चुनावी कार्यक्रम छ भने गर्न मिल्दैन ।’

निर्वाचन आयोगको आचारसंहितामा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, ब्यापारीक तथा औद्योगिक क्षेत्रका संचालक तथा कर्मचारीले पालनना गर्नुपर्ने व्यवस्था छ ।

आचारसंहिता अनुसार सहकारीहरुले साधारणसभा पनि गर्न नमिल्ने चर्चा चलेपछि यसअघि नै तय भएका कार्यक्रम गर्ने नगर्ने  विषयमा सहकारीका संचालकलाइ अन्याेल भएकाे थियाे ।