December 12, 2024
कार्तिक ७, २०७९

हेटौडा \  हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २४ औं साधारणसभा सोमवार  सम्पन्न भएको छ।  कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय बिडारीको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष तारानाथ खतिवडाको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभामा समूहका सचिव भीमसेन पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामहरि चौलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए। साधारणसभामा एकल महिला सदस्य अर्णकुमारी दाहाललाई दोसल्ला ओढाएर सम्मानित गरिनुको साथै नियमित बचतकर्ता दानमाया मानन्धर र नरबहादुर सापकोटालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

साधारणसभामा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, निर्देशन समितिका संयोजक त्रिविक्रम मानन्धर, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो । ५३ जना सदस्य रहेको समूहको  करिव ३९ लाखको कारोवार रहेको छ।