हेटौंडा \ हेटौंडा २ मा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा एक दिन सहकारी शिक्षा शिविर कार्यक्रम भएको छ ।
शनिबार संस्थाका अध्यक्ष डा. गणेश बल लामाको सभाध्यक्षता तथा थाहा नगरका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा शिविर भएको थियो ।
सहकारीमा आवद्ध रहेका प्रतिनिधि मुलक शेयर सदस्यहरुको उपस्थितीमा सहकारी सहकारीसँग जोडिएका विषयवस्तु माथी छलफल तथा जानकारी दिइएको थियो ।