हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मातृभुमि बचत तथा ऋण सहकारी संस्थाको ९ औं वार्षिक साधरण सभा शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभापतित्वमा भएको साधरण सभामा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यता रहेको थियो ।
साधरण सभामा बोल्दै प्रमुख अतिथि बानियाँले नगद संकलन र ऋण प्रवाहसँगै उत्पादनको क्षेत्रमा लगानी गर्नसके रोजगारी बृद्धि गरि बेरोजगारी कम गर्न सकिने बताए ।
उनले सरकारले लिएको तीन खम्बे नितिलाई साकार पार्न सहकारीलाई छरिएर रहेका स–साना पुँजीहरुलाई एकिकृत गर्दै उत्पादन क्षेत्रमा लगानी गर्न सुझाव दिए । कार्यक्रमको अवसर पारेर सहकारीले असल ऋणी कोपीला तुमसीङ मगर, असल बचतकर्ता इन्द्रमाया घलानलाई सम्मान पत्र र करुवाले सम्मान गरेका थियो ।
सहकारीका सचिव घनश्याम नेपालले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पुर्व सभापती माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव भिमसेन महत, पार्टी प्रवक्ता अर्जुन चौलागाईँ, हेटौंडा वडा नम्बर २ का सदस्य इन्द्रप्रसाद रिजाल, सहकारीका उपाध्यक्ष नारायण लम्साल लगाएत सहकारीका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।