December 12, 2024
अशोज २९, २०७९

हेटौंडा \ हेटौंडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई २ करोड ४९ लाख ९३ हजार ६५१ रुपैयाँ कर्जा लगानी गरेको छ । शनिबार भएको २४ औं वार्षिक साधारण सभामा वार्षिक आर्थिक कारोबारको विवरण प्रस्तुत गर्दै सहकारीले आव२०७८/०७९ मा तीन करोड तीन लाख २ हजार ९७४ रुपैयाँको कारोबार गर्दै ३१ लाख ६० हजार पाँच सय शेयरपुजीँ जम्मा गर्न सफल भएको छ ।

२ करोड २८ लाख १२ हजार ७९५ रुपैयाँ बचत निक्षेप रहेको सहकारीमा जगेडा कोष भने ६ लाख ७४ हजार ४४६ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक भीमसेन पौडेलले बताए ।

संस्थाका अध्यक्ष उदय विडारीको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एंव नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा बोल्दै नेता बानियाँले सहकारीले अब कृषि र पशुपालनसँग जोडेर लगानी गर्न सके आर्थिक वृद्धि हुने बताए । बागमती प्रदेशलाई समृद्ध प्रदेश बनाउन सहकारीको ठुलो हात रहने हुदाँ व्यवसायिक खेती र पशुपालनमा जोड दिएर काम गर्न सके प्रदेश सरकारले पनि सहयोग गर्ने बताएका छन् ।

No description available.

सभामा विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिएको थियो । सहकारीले भवन निर्माणमा सहयोग पु¥याउने माननीय इन्द्रबहादुर बानियाँलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, रुपेश दुलाल र शीवप्रसाद गौतमलाई पनि सम्मान गरिएको थियो । सहकारीले संस्थापक शेयर सदस्यतर्फ रविलाल गौतम, दामोदर तिमल्सिना, एकल महिलातर्फ कमला कुमारी आचार्य, बढी व्याज बुझाउने बुद्धरत्न मानन्धर, बढी सेवा शुल्क बुझाउने पदललाल लम्साल, खुत्रुकेमा बढी जम्मा गर्ने आदेश गौतम, खुत्रुके नियमित गर्ने सम्पदा सिग्देललाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै, निक्षेप बढी गर्ने केदारप्रसाद अधिकारी, व्यवसायी गायत्री राई र एसईइमा उत्कृृष्ठ ल्याउने प्रतिक ढुङ्गाना र रेखा गौतमलाई नगद सहित पुरस्कृत गरिएको थियो । सभाकै अवसरमा सहकारीका क्षेत्रमा पत्रकारिताको माध्यमबाट कलम चलाउने सिधाखबर डटकमका सम्पादक श्रीराम अर्जुनलाई नगद सहित सम्मान गरिएको थियो ।

No description available.

सभामा वडा ६ का अध्यक्ष विष्णुबहादुर दाहाल, निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जन कल्याण साकोसका अध्यक्ष हिमाल पौडेल, वडा ६ का सदस्य विजय पौडेल, वडा १७ का सदस्य नवराज न्यौपाने, रानी सामूदायिक वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नौलो विहानी कृषि सहकारी संस्थाका अधयक्ष भरत सापकोटा, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।

सभाकै अवसरमा भवनमा बनेको नव निर्मित ट्रष्टको समुद्घाटन समेत गरिएको थियो । नेता बानियाँले ट्रष्ट भवनको उद्घाटन गरेका थिए । कामधेनु साझा सामूदायिक भवन निर्माणका लागि प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट १७ लाख ८५ हजार ८०६ रुपैयाँ, ट्रष्ट निर्माण गर्न २२ लाख एक हजार ८५२ खर्च भएको व्यवस्थापक पौडेलले बताए ।