March 21, 2023
खबर सहकारी

हेटौंडा \ मकवानपुरको हेटौंडा उपमहानगर वडा नम्बर १२ पान्तलेमा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थाले २२ औं साधारण सभा शनिबार सम्पन्न गरेको छ । ३० करोड ८४ लाख ६८ हजार ९८४ रुपैयाँको कारोबार गर्दै संस्थाले साधारण सभा गरेको हो ।

संस्थाका अध्यक्ष यशोदा पराजुलीको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सहकारीले सभाको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कृत समेत गरेको थियो ।

सहकारीले जेष्ठ शेयर सदस्यतर्फ ठुलीमाया थिङ, शान्तिदेवी भोम्जन, फुलमाया पाख्रीन, पदमकुमारी लामा र ठुलीमाया थिङलाई सम्मान गरेको थियो । सोहीक्रममा एकल महिलातर्फ दुर्गाकुमारी दर्जी, शान्तिमाया स्याङ्तान, रमा रुम्बा, बुद्धिमाया थिङ, सुकुमाया थिङलाई सम्मान गरिएको थियो । सभामा सहकारीले उत्कृष्ठ समूहतर्फ सुर्यमुखी महिला समूह, कुमारी महिला समूह र मितेरी महिला समूह र एक बाल समूहलाई पुरस्कृत गरिएको थियो ।

सभामा दुई सन्तान छोरी जन्माई बन्ध्याकरण गरेका पार्वती खनालका जोडी र उत्कृष्ठ कर्मचारी दैनिक बचत संकलक शर्मिला थिङलाई पनि सम्मान गरिएको थियो ।

No description available.

सहकारीले आव २०७८/०८९ मा शेयर पुजीँ २ करोड ८० लाख तीन हजार तीन सय रहनुका साथै जगेडा कोषमा १ करोड ३५ लाख १२ हजार ६४९ रुपैयाँ रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ । पाँच हजार पाँच जना शेयर सदस्य रहेको सहकारीले आफ्ना शेयर सदस्यलाई २५ करोड ६२ लाख ५४ हजार ६९० लगानी गरेको र संस्थाको बचत निक्षेप १९ करोड ११ लाख ६१ हजार ८४२ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक सुशीला वाईवाले बताइन् ।

No description available.

सभामा हेटौंडा उपमहानगरका सहकारी विभाग शाखाका प्रमुख हिमप्रसाद पौडेल, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य जुना दंगाल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, कार्यपालिका सदस्य रुक्मिणी गोङ्बा, महिला मिलन साकोसका सदस्य संगीता वाईवा, ग्रामिण महिला सेवा केन्द्रकी उपाध्यक्ष लक्ष्मी मोक्तान, आधुनिक महिला जागृति साकोसका कोषाध्यक्ष लक्ष्मी ढुङ्गेल, जिल्ला बचत संघका व्यवस्थापक सुमित्रा कुमारी वाईवा, संस्थाका लेखा संयोजक अचला शर्मा लगायतकाको आतिथ्यता रहेको थियो ।

No description available.