December 12, 2024
अशोज २८, २०७९

हेटौंडा \ हेटौंडा ३ बसामाडीमा रहेको परिवर्तन बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । सहकारीले आव २०७८÷०८९मा करिब ९ करोड २२ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

सभामा पेश गरिएको प्रतिवेदन अनुसार सहकारीले १६ सय शेयर सदस्य रहेको सहकारीले गतआर्थिक आवमा उक्त कारोबार गरेको हो । सहकारीका शेयर पुँजी करिब ८९ लाख ८७ हजार रुपैयाँ र ८ करोड १० लाख ९७ हजार रुपैयाँ लगानी रहेको संस्था अध्यक्ष सविना विडारीले जानकारी दिइन् ।

संस्था अध्यक्ष सविना विडारीको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण ससहकारी संघ अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । सभामा संस्था उपाध्यक्ष देवी पौडेल, सचिव शर्मीला न्यौपाने, कोषाध्यक्ष कविता बर्तौला तथा लेखा तथा सुपरीक्षण समिति संयोजक मनिका दाहालले आआफ्नो प्रतिवेदन पेश गरेका थिए ।

सभामा राष्ट्रिय सहकारी वैंकका रामेश्वर अर्याल तथा वडा समन्वय समिति अध्यक्ष रोशन गोलेको आतिथ्यता रहेका थिए । सहकारीले सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, क्रियाशील सदस्य, ज्येष्ठ सदस्यलाई सम्मान गरेको थियो ।