April 19, 2024
अशोज २५, २०७९

लगातार दोस्रो दिन आज मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो साेमवार २७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य ६ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव १६ विन्दुमा झरेको छ ।

आज व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २९ वटा कम्पनीकाे १७ लाख ६८ हजार कित्ता शेयर ५५ करोड २८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज विन्ध्यवासिनी हाइड्रोपावर विकास कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरै र सिँगटी हाइड्रोको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि समिट लघुवित्त र अभियान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।