April 20, 2024
अशोज २३, २०७९

दशैँ बिदा सुरु हुनुअघि निरन्तर घटेको शेयर बजार दशैँ बिदा सकिएपछिकाे पहिलो दिन आज आइतवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ६२ अङ्कले बढेर एक हजार आठ सय ९८ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकममा भने धेरै सुधार भएन ।

आज दुई सय २४ वटा कम्पनीका २५ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६८ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेडको २२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज सप्तकोसी विकास बैंक र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि ग्लोबल आईएमई ब्यालेन्स फन्डकाे शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।