हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले चाडपर्व लक्षित गरी शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष विष्णुमाया लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १३ का अध्यक्ष पेम्वा लामाको प्रमुख अतिथ्यता रहेको थियो ।
चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा पाँच हजार भन्दाबढी शेयर खरिद गर्ने र आवधिक बचत थप गर्ने सदस्यहरुलाई उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा संचालक समिति, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी तथा प्रतिनिधिमुलक शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।शुभकामना आदानप्रदान गर्दै सहकारीले विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरेको थियो ।