हेटौंडा \ मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा हरिप्रसाद कंडेल निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको २९ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट कंडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा अर्जुनप्रसाद देवकोटा, महिला सदस्यद्धयमा सावित्रीदेवी तिमल्सिना र सरिता तिमल्सिना, खुल्ला सदस्यहरुमा जनकप्रसाद रेग्मी, धनबहादुर कार्की, इन्द्रप्रसाद खतिवडा, कृष्णप्रसाद चौलागाईं, हेमप्रसाद न्यौपाने र तिलकप्रसाद रेग्मी चयन भएका छन् ।
साथै, लेखा सुपरीवेक्षण समितिमा संयोजक वीरबहादुर गोले र सदस्यहरु देवराज भण्डारी, खीलारत्न लामा चयन भएका छन् । निर्वाचित सबै जना निर्विरोध चयन भएको निर्वाचन समितिका सदस्य बिरेन्द्र प्रसाद ढुङ्गानाले बताए ।