हेटौंडा \ हेटौंडा उपमहानगरलाई आफ्नो कार्यक्षेत्र बनाई सेवा प्रदान गर्दै आइरहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको छ । मंगलबार जिल्ला समन्वय समितिको जिल्ला समिक्षा कार्यक्रमको अवसरमा सहकारीलाई जिससले सम्मान गरेको हो ।

सहकारीले समुदायमा आर्थिक तथा सामाजिक विकासका लागि समाज र जनताप्रतिको कर्तव्यबोधलाई उजागर गरिएको भनी बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्तामा भएको समिक्षा कार्यक्रममा सहकारीलाई सम्मान गरिएको

हो ।
जिसस प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु माया लामा, उपाध्यक्ष मिना थापालाई सम्मानपत्र प्रदान गरिएको थियो ।