हेटौंडा \ भीमफेदी गाउँपालिका वडा नम्बर ४ मा रहेको महिला अभियान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भीमकुमारी थापा मगर निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेदवार राधिका थापा क्षेत्री पराजित गर्दै थापा निर्वाचित भएकी हुन् । यस अघि पनि थापामगरको नेतृत्वमा सहकारी रहेको थियो ।
निर्वाचनमा ३ सय ६० खसेको मत मध्ये थापाले २७५ र क्षेत्रीले ४१ मत प्राप्त गरेक थिए । अन्य पदाधिकारीहरु भने निर्विरोध निर्वाचित भएका हुन् ।
संस्थाको उपाध्यक्षमा पञ्चमाया पाख्रिन, सचिवमा सृजना माया बज्यू, कोषाध्यक्षमा रमिला सापकोटा चयन भएका छन् । सहकारीको सदस्यहरु भने सरस्वती थिङ क्षेत्री, बेलिमाया घलान, इन्द्रिरा श्रेष्ठ, सकुन्तला लामा बल र सुमित्रा स्याङतान चयन भएका छन् ।
संस्थाको लेखा तथा सुपरिवेक्षण समिति संयोजक सुन्दरी माया दोङ, सदस्य कान्छिमाया लामा र उर्मिला कुमारी लिम्बु चयन भएका छन् । जिल्ला बचत संघका सचिव विरेन्द्र प्रसाद ढुङ्गानाले निर्वाचित अध्यक्ष र निर्विरोध चयन भएका पदाधिकारीलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
असोज ३ गते भएको २४ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत नभए पछि शनिबार अध्यक्ष पदमा निर्वाचन गरिएको थियो ।