हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर १४ कालोपानीमा रहेको भुटनदेवी महिला बचत तथा ऋण सहकारी संस्थाको शनिबार १७ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष चमेली माया सिंजाली मगरको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका कार्यबहाक नगर प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

तीन करोड ७६ लाख ९० हजार २३० रुपैयाँको कारोबार गरेको सहकारीले आफ्ना शेयर सदस्यलाई तीन करोड २३ लाख ४४ हजार ८२९ रुपैयाँ कर्जा लगानी गरेको छ । ३८ लाख ६१ हजार नौ सय शेयर पुजीँ रहेको सहकारीमा २ करोड ९० लाख ३८ हजार ३७३ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक दिलमाया रुम्बाले बताइन् । सहकारीका जगेडा कोष भने ११ लाख ९८ हजार ३११ रुपैयाँ रहेको छ ।

No description available.

सहकारीले सभाको अवसरमा शेयर सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको छ । जेष्ठ सदस्यतर्फ सञ्चमाया गोङ्वा, लालमाया दोङ, सानी कान्छी योन्जन र ठुलीमाया थोकरलाई सम्मान गरिएको थियो । खुत्रुके बचततर्फ एसिसा बल, बिनिमा थिङ, रोहन वराइली, किशोरी बचततर्फ विद्या न्यौपाने, सुजिता घलान, खपिका थिङ, असल ऋणीतर्फ अनिल कुमार घलान, संगीता देवान, उत्कृष्ट बचततर्फ सन्ध्या घिसिङ, देवकी लामिछाने, उत्कृष्ट समूहतर्फ मिलन समूह कालोपानी पुरस्कृत भएको छ । त्यस्तै, एकल महिलातर्फ फुलमाया नगरकोटी र ठुलीमाया लोप्चनलाई सम्मान गरिएको थियो ।

No description available.

सभामा जिल्ला बचत संघका कोषाध्यक्ष विष्णुमाया लामा, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल,नेफ्स्कुन फिल्ड उपसमिति सदस्य कुमारी श्रेष्ठ, मञ्जुश्री साकोसका सचिव रेरिना लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

No description available.