September 29, 2022
खवरसहकारी |  अशोज ८, २०७९  |  |

मानव उत्थान कृषि सहकारी संस्था लि को अध्यक्षमा पून: सूर्य बहादुर छ्युमी चयन भएका छन् । हेटौँडा १३ बनस्पतिमा रहेको संस्थाको शुक्रबार सम्पन्न १० औँ साधारण सभा तथा चौँथो अधिवेशनबाट अध्यक्षमा छ्युमी निर्विरोध चयन भएका हुन् ।

संस्थाको उपाध्यक्षमा शोभा थापा बरुवाल, सचिवमा कृष्ण दाहाल, कोषाध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा विष्णु रिमाल, कर्ण बहादुर मोक्तान र सुजिना डिम्डुङ चयन भएका छन् । यस्तै उदय खड्काको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन भएको छ । लेखा सदस्यहरुमा विमला राना मगर र रोजिना वर्तौला रहेका छन् ।

यसअघि संस्थाको १० औँ साधारण सभामा बोल्नु हुँदै कार्यक्रमको प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सहकारीले कृषकहरुसंग समन्वयकारी भूमिका निर्वाह गर्नका लागि जोडका दिएका छन्  । नेपाल कृषि प्रधान देश भनिएता पनि मलको उचित उपलब्धताको अभावले गर्दा चामल, कोदो विदेशबाट निर्यात गर्नु विडम्बना रहेको उहाँले बताउनु भयो ।

साधारणसभामा संस्थाका सचिव कृष्ण दाहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमेश लामाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०७० सालमा २५ सदस्यीय स्थापना भएको सहकारीको हाल ४ सय ३७ जना सेयर सदस्य रहेको अध्यक्ष छ्युमीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता प्रेम बहादुर सुनार, उत्कृष्ट ऋणी आश बहादुर मोक्तान, उत्कृष्ट कृषक कर्ण बहादुर मोक्तान, जेष्ठ सदस्य सूर्याकुमारी वाइबा लगायत संस्थाका सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।