October 10, 2024
अशोज ८, २०७९

हेटौंडा \ हेटौंडामा एक दिने कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शुक्रबार भएको छ । मकवानपुरगढी २ मा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

संस्थाका अध्यक्ष तेज कुमारी अस्थानीको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य रामप्रसाद चौरेलको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक सहयोगमा प्रोवेशन ब्राण्डका लागि कार्यशाला गरिएको थियो । कार्यशालामा मकवानपुरका ११ वटा सहकारी संस्थाले सहभागिता जनाएका थिए । कार्यशालामा नेफ्स्कुनका कार्यक्रम अधिकृत विदुर खड्काले सहजीकरण गरेका थिए ।

साईराम साकोस, महिला एकता साकोस, सञ्जीवनी साकोस, मनहरी साकोस, मितेरी साकोस, दिव्यज्योती महिला साकोस, महिला जागृति साकोस, परिवर्तन महिला साकोस, बज्राबारही साकोस, सृजना महिला साकोस, महिला आवाज साकोसको उपस्थितमा १५ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला भएको थियो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र ढुङ्गाना, नेफ्स्कुन मकवानपुर फिल्ड इन्चार्ज ज्योती महत लगायतको आतिथ्यता रहेको थियो ।

May be an image of 12 people and indoor