April 26, 2024
अशोज ४, २०७९
हेटाैंडा उपमहानगरपालिका भित्र रहेका सहकारीलाई काेपाेमिस (सहकारी तथा गरिबी व्यवस्थापन सुचना प्रणाली) तालिम दिईएकाे छ ।
सहकारीहरुमा रहेकाे बेथिती हटाउनका लागि उपमहानगरपालिकाले नगर भित्रका ३० वटा सहकारीलाई पहिलाे चरणकाे तालिम दिईएकाे हाे । दुई दिने तालिमकाे समापन गर्दै कार्य बहाक नगर प्रमुख राजेश बानियाँले  तालिमले सहकारी व्यवस्थापनमा भुमिका खेल्ने बिश्वास व्यक्त गरे ।
ज्ञान भनेकाे बाड्ने र बढाउने हाे तालिम प्राप्त गरेपछि सहकारीकाे विकासमा काम गर्ने बताए । अहिले सहकारीकाे काराेवारमा समस्या देखिने गरेपनी सुधार गर्नका लागि उपमहानगरपालिका लागिरहेकाे बताए ।  अहिले २२४ सहकारीलाई नयम्वन र अनुगमनकाे काम स्थानिय सरकारले गरीरहेकाे बताए ।
शिक्षा  तथा आर्थिक विकास महाशाखा प्रमुख गंगाधर रिमाल, आर्थिक विकास महाशाखाका गंगा चाैलागाई, प्रशिक्षक डिल्लीराम पाेखरेलले मन्तव्य राखेका थिए ।