September 25, 2022
खवरसहकारी |  भदौ ३०, २०७९  | 

हेटौंडा \ मकवानपुरको भीमफेदी गाँउपालिका वडा नम्बर ७ कोगटेमा रहेको सृजनशील महिला बचत तथा ऋण सहकारी संस्था को २२ औं वार्षिक उत्सव मनाएको छ । उत्सवमा विविध कार्यक्रम गरी मनाएको हो ।

सहकारीको अध्यक्ष चन्द्रकला सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा ५५ जना सेयर सदस्यहरुको उपस्थिती रहेको थियो । बुधबार भएको वार्षिक उत्सव कार्यक्रमको अवसरमा अविवाहित एकल महिला सम्मान तथा सम्भावित सदस्य अन्तरक्रिया कार्यक्रम गरेको हो ।

नयाँ सदस्य बन्ने महिला दिदीबहिनीहरुलाई सहकारीको बारेमा अन्तरक्रिया गरिएको सहकारीका व्यवस्थापक सानुकान्छी सिंजाली मगरले बताइन् । कार्यक्रममा सहकारीका पाँच जना एकल महिलाहरुलाई समेत सम्मान गरिएको व्यवस्थापक सिंजालीले बताइन् ।

Leave a Reply

Your email address will not be published.